दार्चुलामा बस दुर्घटना हुँदा २ को मृत्यु १९ घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

दार्चुलामा बस दुर्घटना हुँदा २ को मृत्यु १९ घाइते

accident

दार्चुला, ७ मंसिर । दार्चुलाको मालिकार्जुनबाट शंकरपुर पस्तीजादै गरेको यात्रु बस शुक्रबार विहान दुर्घटना भएको छ । म १ ख ४३६ नम्बरको यात्रुबाहक बस शुक्रबार विहान करीब ३ बजे मालिका ३ तेसर्छे लेकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि भारतीय नागरीक ५५ वर्षिया अनील पालको को मृत्यु भएको छ भने ७ जना गम्भीर र १० जना सामान्य घाईते भएकाछन । घाईतेहरुको गोकुलेश्वर अस्पलतालमा उपचार भइरहेका छ । मालीका जात्रा भरेर घर फर्कने क्रममा सो दुर्घटना भएको हो । हराईरहेकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

त्यस्तै महेन्द्र नगरबाट दार्चुला जाँदै गरेको बसले आज विहान एक पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रु दलबहादुर भण्डारीको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);