काठमाडौं, ४ मंसिर । हिमालयन बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप सुरु गरेको छ । हेयर एज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज भन्ने नाराका साथ मंगलबार एक कार्यक्रमकाबीच बैंकले मोबाईल एप शुभारम्भ गरेको हो ।
मोबाइल एपको प्रयोग बाट बैंकका ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिनसक्ने चेकको व्यवस्थापन, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकका देश भरी ५६ वटा शाखा रहेका छन ।