‘आर्थिक कार्यविधि ऐन’ ल्याउने सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘आर्थिक कार्यविधि ऐन’ ल्याउने सरकारको घोषणा

arthik karyabidhi ain

काठमाडौं, २ मंसिर । सरकारले वित्तिय जवाफदेहिता सुनिश्चित् गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तिय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिए ।

आइतबार राजधानीमा आयोजित सार्वजनिक वित्तिय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको बताए ।

अर्थमन्त्री मन्त्री खतिवडाले करको रकम दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई सचेत समेत गराए । उनले वित्तिय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दावी पनि गरे ।

आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने कामलाई तीब्रता दिएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);