७ हजार सैनिक अधिकृतका प्रमाणपत्र छानबिन गर्न प्रधानसेनापतिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

७ हजार सैनिक अधिकृतका प्रमाणपत्र छानबिन गर्न प्रधानसेनापतिको निर्देशन

nepali sena

काठमाडौं, २ मंसिर । नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु गएको छ। सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको अशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुन: प्रमाीकरण गर्न लागेको हो।

सेवा प्रवेश तथा बुढुवा क्रमममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन्। प्रधानसेनापति थापाका निर्देशन पछि सैनिक मुख्यालयले जंगी अड्डासहित देश रहेका पृतना, बाहिनी, शिक्षालय, गण गुल्मलगायत सबै युनिटमा कार्यरत अधिकृत तहका कर्मचारीको माध्यमकि तथा उच्च शिक्षासँग सम्बन्धित कागजात छानबिन प्रक्रिया अघि बढाएको खबर कारोबार दैनिकमा छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);