काखे बच्चा च्याप्दै कामकाे खाेजीमा भारततिर, दैनिक ८०० बाहिरिन्छन् | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

काखे बच्चा च्याप्दै कामकाे खाेजीमा भारततिर, दैनिक ८०० बाहिरिन्छन्

baideshik rojgar

काठमाडौं, २ मंसिर । काखे बच्चा च्यापेका गंगा र सिर्जना गुरुङ केही हतारमा देखिन्छन् । कामको खोजीमा भारततर्फ लागेका उनीहरूलाई साथीसंगी छुट्ने डर पनि छ । त्यसैले नेपालगन्ज सीमा पार गर्न हतारो गरिरहेका छन् ।

चाडपर्व मनाएर हिउँदे खेतीपाती सकेपछि कर्णाली प्रदेशको दैलेख, भैरवगण गाउँपालिका ७ का गंगा र सिर्जना श्रीमान्हरूसँगै कामको खोजीमा भारततर्फ लागेका हुन् ।

भारतको सिमला पुग्न उनीहरू शनिबार नेपालगन्ज नाका भएर रुपैडिहा आइपुगे । ‘खेतीपाती सकियो । घरमा बसेर के गर्नु ? गाउँमा केही काम पाइँदैन,’ नेपाल–भारत सीमा दशगजा पार गर्ने क्रममा ४० वर्षीया गंगाले भनिन्, ‘काम पाइए गरौंला । नपाए श्रीमान्लाई खाना पकाएर सहयोग गर्न छँदै छ ।’

दैलेखकी गंगा र सिर्जनामात्रै होइन, कर्णाली प्रदेशका सर्वसाधारण यतिखेर धमाधम कामको खोजीमा भारत पसिरहेका छन् । नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ७/८ सय नेपाली भारततर्फ गइरहेकाे खबर कान्तिपुर दैनिकमा छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);