काठमाडौं, २ मंसिर । हिजो मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाटोमा भेटें ।
नभेटेकै पनि धेरै भईसकेको थियो । उहाँलाई अक्सर साईकल चढेर हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार हुनुभएको रहेछ !
अगाडि उहाँको गाडी, पछाडि परिवारको अर्को गाडी । दुईपाङ्ग्रे साईकलमा हिँड्ने मान्छेलाई अचानक दुइटा गाडीमा हिँडेको देखेपछि जो पनि छक्क परिहाल्छन् । म पनि परेँ ।
ओहो मन्त्रीज्यु, आजचाहिँ गाडीमा ? मैले सोधिहालेँ ।
हो त, हे हे हे, उहाले संक्षिप्त उत्तर दिनुभयो समृद्धिको फल हो ।
समृद्धि ? कस्तो समृद्धि मन्त्रीज्यु ? मैले कुरा बुझिँन । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्युले सधैँभरि समृद्धिको कुरा गर्नुहुन्थ्यो नि । त्यसैको नतिजा हो यो । वास्तवमा समृद्धि भनेको के हो भन्ने देखाउन मैले यो गाडी लिएको हुँ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।