मोदी नआउने, योगी आदित्यनाथ आउने | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

मोदी नआउने, योगी आदित्यनाथ आउने

yogi adityanath

जयनगर–जनकपुर–कुर्था रेलसेवा शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । मंसिरको दोस्रो साता शिलान्यास गर्ने भनिएको कार्यक्रममा मोदीको साटो अर्का नेता पठाउने तयारीमा भारतीय पक्ष लागेको दिल्लीस्थित एक अधिकारीले बताए। नेपालस्थित भारतीय दूतावासले मोदी आउने नआउनेबारे कुनै जानकारी नआएको स्पष्ट पारेको छ। यसबारे आधिकारिक जानकारी नआएकाले केही भन्न नसक्ने दूतावासको भनाइ छ।

सन् २०१९ मा हुने लोकसभा चुनावको पूर्वतयारीका क्रममा मोदीको व्यस्तता बढेको छ । भारतका विभिन्न राज्यमा विधानसभा चुनाव हुँदै गर्दा लोकसभा चुनावको पूर्वतयारी पनि सुरु भएकाले मोदीले विदेश भ्रमण कम गरेका छन्। उनी थोरै समयमा धेरै देशको भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीका रुपमा चिनिइसकेका छन्।

मोदीको पाचौंपटक हुने भनिएको नेपाल भ्रमण मंसिरमा नहुनुमा भारतमा लोकसभा चुनावको चलहपहल बढ्नु मुख्य कारण देखिएको छ। सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्रीका रुपमा मोदीले चारपटक नेपाल भ्रमण गरिसकेका छन्। उनी सबैभन्दा बढी पटक नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन्।

शिलान्यासका लागि मोदीको साटो उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने लगभग निश्चित रहेको दिल्लीस्थित स्रोतले जानकारी दिएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);