घरेलु हिंसापीडित महिलालाई १७ वर्षपछि नागरिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घरेलु हिंसापीडित महिलालाई १७ वर्षपछि नागरिकता

nagarikata

पर्वत, १ मंसिर । परिवारबाट हिंसाको शिकार भएकी पर्वतकी एक महिलाले १७ वर्षपछि मात्रै श्रीमान्को नाम राखेर नेपाली नागरिकता पाएकी छिन्।

नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्। परियारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ।

सेती परियारका श्रीमान् गोविन्द दमार्इंले पालनपोषण र रेखदेख नगर्ने र नागरिकता दिनसमेत अस्वीकार गर्दै आएका थिए। पीडितको अवस्था बुझेपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत् ससुरालाई कार्यालयमा झिकाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट वञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन्। पीडित सेती परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन पेस गरेकी थिइन्।

सेतीको निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडाध्यक्ष टुङ्गनाथ शर्मासमक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसमक्ष पटकपटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);