संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव

काठमाडौं, ३० कात्तिक । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन नगरे मुलुकमा पुनः द्वन्द्व जन्मन सक्नेतर्फ पनि सरकारलाई सचेत गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘दीगो शान्तिका लागि न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दिगो शान्ति कायम गर्नका लागि द्वन्द्वका कारणको पहिचान गरी समाधानका लागि नेपालले धेरै काम गर्न बाँकि रहेको बताए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायका लागि द्वन्द्वरत पक्षबीच पुनर्मिलनको विभिन्न अवसर राज्यले उपलब्ध गराउनेपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);