सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी

samsadh

काठमाडौं, ३० कात्तिक ।  संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् । सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ ।

सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन् । सांसद् अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवायलयबाट उपचार खर्च लिएकी छिन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);