बाजुराका नौ स्थानीय तह उपप्रमुखलाई ‘नौथरी’ सेवासुविधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुराका नौ स्थानीय तह उपप्रमुखलाई ‘नौथरी’ सेवासुविधा

बाजुरा । बाजुराका नौ स्थानीय तहका उपप्रमुखहरूले एक वर्षमा सेवा सुविधाबापत ३७ लाख ९७ हजारभन्दा बढी रकम लिएका छन् । महालेखा परीक्षकले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदनअनुसार यहाँका नौ स्थानीय तहका उपप्रमुखहरूले बैठक भत्ता, यातायात खर्च, टेलिफोन मोबाइल खर्च, पुस्तक पत्रपत्रिका इन्टरनेट, समन्वय तथा सहजीकरण, अतिथि सत्कार, खानेपानी बिजुली, सरसफाइलगायत शीर्षकमा एउटै उपप्रमुखले पाँच लाख ५९ हजार रुपैयाँसम्म लिएका छन् ।

यहाँका उपप्रमुखहरूले पालिका नै पिच्छे फरकफरक सेवासुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । कानुनमा विभिन्न मापदण्ड तोकेर सेवासुबिधा वितरण गर्ने उल्लेख भए पनि स्थानीय तहहरूले आफु अनुकुल पालिकै पिच्छे सेवासुविधा बुझेका छन् । संविधानको धारा २७७ मा गाउँ तथा नगरसभा सदस्यहरूले पाउने सेवासुविधाको सम्बन्धमा प्रदेश कानुनले तोकेको छ ।

बुढीगंगाकी उपप्रमुखलाई सेवासुविधा बापत पाँच लाख ५९ हजार 
बुढीगंगा नगरपालिका उपप्रमुख तारा खाती थापाले बैठक भत्ता एक हजार दुई सय, यातायात खर्च एक लाख २० हजार, टेलिफोन मोबाइल खर्च ७२ हजार रकम लिएको उल्लेख छ । यस्तै पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण एक लाख आठ हजार, अतिथि सत्कार एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार र चाडपर्व खर्च २५ हजार गरि जम्मा पाँच लाख ५९ हजार सेवासुविधा लिएको प्रतिवेदनमा छ ।

बडिमालिकाकी उपप्रमुखले लिइन साढे पाँच लाख सेवा सुविधा
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले एक वर्षमा बैठक भत्ता १२ हजार, यातायात खर्च एक लाख २० हजार, टेलिफोन मोबाइल ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट शीर्षकमा ६० हजार रुपैयाँ लिएको उल्लेख छ । यस्तै समन्वय तथा सहजीकरण एक लाख आठ हजार, अतिथि सत्कार शीर्षकमा एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाइमा ४२ हजार, चाडपर्व खर्च २५ हजार गरि पाँच लाख ४७ हजार लिएकी छन् । 

बुढीनन्दाकी उपप्रमुखलाई अतिथि सत्कार सुविधा बापत सवा लाख
बुढीनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मीले एक वर्षमा १५ हजार बैठक भत्ता लिएकी छिन् । उनले टेलिफोन, मोबाइल खर्च ७२ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण एक लाख आठ हजार, अतिथि सत्कार एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार र चाडपर्व तथा अन्य खर्च २५ हजार गरि जम्मा चार लाख २७ हजार सेवासुविधा लिएको उल्लेख छ ।

त्रिबेणीकी उपमेयरको टेलिफोन मोबाइल खर्च ५४ हजार
त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनारले बैठक भत्ता बापत १४ हजार पाँच सय ५० रुपैयाँ लिएकी छिन् । टेलिफोन मोबाइल खर्च ५४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ८१ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाइ ३१ हजार पाँच सय र चाडपर्व खर्च २५ हजार गरि जम्मा तीन लाख ४० हजार नौ सय ५० लिएको उल्लेख छ ।

खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाको नाममा बैठक भत्ता १८ हजार, यातायात खर्च ८१ हजार, टेलिफोन, मोबाइल खर्च ४५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार लिएकी छन् । समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाइ २७ हजार र चाडपर्व खर्च २२ हजार  गरि जम्मा तीन लाख ७८ हजार लिएकोे प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा कम सेवासुविधा लिनेमा हिमाली गाउँपालिकाकी उपाध्यक्ष
हिमाली गाउँपालिका उपाअध्यक्ष चन्द्रकला बुढाले एक वर्षमा बैठक भत्ता शीर्षकमा जम्मा ३० हजार लिएकी छिन् । उनले यातायात खर्च लिएकी छैनन् । टेलिफोन, मोबाइल खर्च ३५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ३१ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४९ हजार, अतिथि सत्कार ६३ हजार, खानेपानी बिजुली तथा सरसफाइ २१ हजार र चाडपर्व खर्च २२ हजार गरि जम्मा दुई लाख ५२ हजार सेवा सुबिधा लिएको प्रतिवेदनमा उल्लेख छ ।

स्वामीकार्तिककी उपप्रमुखलाई ३७ हजार बैठक भत्ता
स्वामीकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मिमा बुढाको नाममा बैठक भत्ता ३७ हजार, यातायात खर्च ८१ हजार रहेको छ । टेलिफोन, मोबाइल खर्च ४५ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४० हजार पाँच सय, समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाइ २७ हजार र चाडपर्व खर्च ५० हजार नौ सय ५० गरि जम्मा तीन लाख ९७ हजार सेवा सुबिधा लिएको उल्लेख छ ।

जगन्नाथकी उपाध्यक्षको ‘अन्य खर्च’ पौने चार लाख
जगन्नाथ गाउँपालिकाकी उपाअध्यक्ष ऐना गिरीको नाममा बैठक भत्ता तीन हजार, यातायात खर्च नौ हजार लिएको उल्लेख छ । टेलिफोन, मोबाइल खर्च पाँच हजार पुस्तक पत्रपत्रिका इन्टरनेट चार हजार पाँच सय, समन्वय तथा सहजीकरण सात हजार, अतिथि सत्कार नौ हजार, खानेपानी बिजुली तथा सरसफाइ तीन हजार, चाडपर्व र अन्य खर्च तीन लाख ७८ हजार र २२ हजार पाँच सय गरि जम्मा चार लाख पाँच हजार सेवासुबिधा लिएको उल्लेख छ ।

गौमुलकी उपाध्यक्षको यातायात खर्च एक लाखभन्दा बढी
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको नाममा बैठक भत्ता २४ हजार, यातायात खर्च एक लाख आठ हजार रहेको छ । टेलिफोन, मोबाइल खर्च ६० हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ५४ हजार, समन्वय तथा सहजीकरण ८४ हजार, अतिथि सत्कार एक लाख आठ हजार रहेको छ । यस्तै खानेपानी बिजुली तथा सरसफाई ३६ हजार र चाडपर्व खर्च २२ हजार पाँच सय गरि जम्मा चार लाख ९६ हजार पाँच सय सेवासुविधा लिएको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);