डडेल्धुरा, २८ कात्तिक । डडेल्धुराको अजयमेरु गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको छ । बुधबार पहिलो दिन गाउँपालिकामा रहेका ७० वर्ष माथिका ५८ जना जेष्ठ नागरिकलाई सिरक तथा टोपी वितरण गरेको हो ।
गाउँपालिकाले ६ वटै वडाका ५ सय ४ जना जेष्ठ नागरिकहरुलाई समेत न्यानो कपडा वितरण गर्ने जनाएको छ । न्यानो लुगा पाएपछि जेष्ठ नागरिकले खुसी भएका छन् ।
चिसो मौशममा जेष्ठ नागरिकलाई सहज होस् भन्नका लागि गत वर्ष देखि गाउँपालिकाले न्यानो लुगा वितरण गर्दै आइरहेको छ ।