विश्व मधुमेह दिवस नेपालमा बिबिध कार्यक्रम गरी मनाइदै, १० प्रतिशत मानिसमा मधुमेह | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विश्व मधुमेह दिवस नेपालमा बिबिध कार्यक्रम गरी मनाइदै, १० प्रतिशत मानिसमा मधुमेह

प्रतिक्षा शर्मा, काठमाडौं, २८ कात्तिक  वुधवार विश्व मधुमेह दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । एसियाली मुलुकहरुमा मधुमेहको उच्च जोखिम बढदै गएको पछिल्ला तथ्याङहरुले देखाएका छन । मधुमेहबाट वच्नका लागि सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन ।

सन् १९९१ देखि मनाउन थालिएको मधुमेह दिवसका अवसरमा रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिएकोे छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

मधुमेह निको नहुने रोग हो । मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य रोगहरु समेत देखापर्ने गरेको छ । मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला विग्रने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् ।

मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा समेत देखिन थालेको छ । पहिले ५० वर्ष उमेर नाघेकाहरूमा मधुमेह देखिन्थ्यो, तर पछिल्लो समय ३० वर्षका युवायुवती पनि मधुमेहको सिकार बन्ने गरेका छन् । नेपालमा मधुमेहका बिरामीका संख्या दिनानुदिन बढ्दै गएको भन्दै नियन्त्रणका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

विकसित देशमा देखिने मधुमेह रोग अहिले विकासोन्मुख देशमा बढ्दै गएको छ, विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ । मधुमेहबाट बच्न बेलैमा रगत जाच गनेर्, योग, सन्तुलित आहार, दैनिक एक घण्टा हिँड्नुपर्ने चिकित्सकहरुको सुझाव छ । हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित रहेको तथ्याङ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);