नेतृत्वमा कुरा मिल्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नेतृत्वमा कुरा मिल्यो

maoist,

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको बैतडीका ६ स्थानीय तहमा तत्कालीन नेकपा एमाले र ४ मा तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्व रहने भएको छ । मंगलबार नेकपाको पार्टी कार्यालय बैतडीमा बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो ।

जसअन्तर्गत दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेस्वर गाउँपालिकामा तत्कालीन माओवादी तथा पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलासैनी, शिवनाथ, सिगास गाउँपालिकामा तत्कालीन एमालेको नेतृत्व रहने नेकपाका युवा नेता तथा तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालीन पार्टीभन्दा अर्को पार्टीकोे व्यक्ति रहने पनि निर्णय भएको उनले बताए । ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालीन पार्टीबाट ४२ जना र सचिवमा तत्कालीन पार्टीबाट ३९ जना रहनेछन् । यस्तै ७५ सदस्यीय हुने गाउँपालिका स्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालीन पार्टीबाट ३९जना तथा सचिवको तत्कालीन पार्टीबाट ३६ जना सदस्य रहनेछन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);