नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमालेका तर्फबाट अर्थमन्त्री खतिवडा केन्द्रीय सदस्यमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमालेका तर्फबाट अर्थमन्त्री खतिवडा केन्द्रीय सदस्यमा बढुवा

yubraj khatiwoda

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट रहने थप केन्द्रीय सदस्यको नाम टुंगो लागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर केन्द्रीय समितिमा रहने थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् । ओली र नेपालले टुंगो लगाएको केन्द्रीय सदस्यको सूचिमा अर्थमन्त्री डाक्टर युवराज खतिवाड, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, आनन्द पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, डोरमणी पौडेल, केशवलाल श्रेष्ठ, रामेश्वर फुँयाल, निरज आचार्य, समिममियाँ अन्सारी, दिलुकुमारी पन्त, अइन्द्र सुन्दर नेम्वाङ, देवी ज्ञवाली लगायतको नाम परेको छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना सदस्य रहने सहमति भएको थियो । तत्कालीन एमालेका २ सय सदस्य स्वतः नेकपाको केन्द्रीय सदस्य भइसकेका छन् । उता तत्कालीन माओवादी केन्द्रलाई आफ्नो भागमा परेको २ सय जना केन्द्रीय सदस्यको टुंगो लगाउन हम्मे हम्मे परेको छ । केन्द्रीय सदस्यको नाम टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बैठकमा व्यस्त भएका छन् ।