कमल थापाको हठले एकता रोकियो : राणा | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

कमल थापाको हठले एकता रोकियो : राणा

Pashupati-Samsher

काठमाडौं, २८ कात्तिक । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा अध्यक्ष कमल थापाको हठका कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष राणाले एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले अस्वीकार गरेको बताए । कमल थापाको ‘तातै खाऊँ, जल्दै मरूँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको हो,’ राणाले भने ।

एकताका लागि भएको छलफलमा पार्टीको झन्डा, चुनाव चिह्न र नाम टुंगो नलागेको राणाले बताए । थापाले पार्टीको नाम, चुनाव चिह्न र झन्डा राप्रपाकै कायम राख्नुपर्ने अडान राख्दा सहमति हुन नसकेको राणाको भनाइ छ । ‘तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झन्डा र चुनाव चिह्न सबै एउटै पार्टीको कायम राख्न सकिँदैन । गाईलाई चुनाव चिह्न मान्न म सक्दिनँ,’ राणाले भने ।

एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा फर्मुला तयार भइसकेको उनको भनाइ थियो । तीनवटै राप्रपा हिन्दूराष्ट्रको पक्षमा रहेको राणाले बताए ।  आजको नयाँ पत्रिकामा यो खबर छ  ।