निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

nirmala panta ghut

काठमाडौं, २८ कात्तिक । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् ।

मंगलबा धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् ।

पुरना कम्युनिष्ट नेता पाण्डेले लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताए ।

आईतबारदेखि निर्मला पन्तका अभिभावकले प्रशासनको मुल गेटमा टेन्ट टाँगेर २४ घण्टे अनिश्चितकालीन धर्ना दिँदै आएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);