हात हतियार तथा लागु औषधको तस्करी बढदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

हात हतियार तथा लागु औषधको तस्करी बढदै

hathatiyar

राजु प्रसाद साह, बिरगंज, २६ कात्तिक । नेपालभारत सिमानामा दिनानुदिन हात हतियार तथा लागु औषधको तस्करी बढदै गईरहेको छ ।

बिभिन्न जुक्ति लगाई व्यक्तिहरुले प्रतिबन्धित बस्तुहरु लुकाई छिपाई भित्रियाउने प्रयास गरि रहन्छन । यसैगरी बिरगंज महानगरपालिका १६ भन्सार कार्यालय मुल गेटबाट चेकजाचको क्रममा सशस्त्र प्रहरी बल नेपालले आज बिहान ७.५० बजे ठुलो परिमाणमा लागु औषध सहित २ जनालाई पका्रउ गरेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक नर बहादुर राना मगरको कमाण्डमा खटिएको टोलीले चेकाजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका जिल्लाललितपुर पाटन म. न. पा.८ बस्ने बर्ष २३ को सागर कार्की र ऐ.म.न.पा.९ बस्ने बर्ष २० को राजेश कुचिकारले शरीरमा सेट गरी लुकाई छिपाई ल्याउदै गरेको डाईजोल्याव ३९ गोटा, नोफिन ३६ गोटा, र फेनारगन ४० गोटा लागु औषध पक्राउ गरिएको छ ।

लागु औषध सहित पका्रउ गरिएका दुबै जनालाई आवश्यक कारर्वाही प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय ईनर्वा बिरगंज पर्सामा बुझाइएको भन्सार कार्यालयका बिरगंजका सशस्त्रप्रहरी निरीक्षक पदम बहादुर खडकाले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);