तीनकुनेलाई लिएर धेरै योजना बने, तर अहिलेसम्म एउटा पनि कार्यान्वयन भएन | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

तीनकुनेलाई लिएर धेरै योजना बने, तर अहिलेसम्म एउटा पनि कार्यान्वयन भएन

फूलमाया आले

काठमाडौं, २४ कात्तिक । आकर्षक योजना बनाउने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्ति नै बनिसकेको छ । यहि प्रवृत्तिका कारण काठमाडौंको तीनकुनेमा रहेको करिब ३५ रोपनी खाली जग्गा यतीखेर फोहर थुपार्ने, घाम ताप्ने, गाडि पार्किङ गर्ने, ड्राइभिङ सिक्ने स्थानको रुपमा सिमित भएको छ ।

केही समय अघि आधुनिक पार्कसहित बुद्धको विश्वकै सबैभन्दा ठुलो मुर्ती सहितको पार्क बनाउने योजना बनाइएको यो जग्गामा भुमिगत पार्किङ सहितको पार्क बनाउने योजना काठमाडौं महानगरले ल्याएपछि राजधानीबासी उत्साहित भएका थिए ।

तर, अहिले फेरी यो जग्गा सरोकारवाला निकायको बेवास्तामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकले विमानस्थल बाहिर देख्ने फराकिलाे जमिन हाे तीनकुने ।

यो जग्गालाई व्यवस्थित बनाउन योजनाहरु बन्दै नबनेका भने होइनन् । अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने । धेरै राम्रा डिजाइन र नक्सा पनि तयार भए । तर अहिलेसम्म एउटा पनि कार्यान्वयन भएको छैन ।

जग्गाको मुअब्जाको विषयमा सहमति हुन नसक्दा करोडौंका योजना अलपत्र परिरहेको छ भने काठमाडौंको मुटुमा रहेको करोडौंको जग्गा प्रयोगविहिन रहेको छ । सरकारलाई जग्गा धनीहरुको वर्तमान मुल्य अनुसारको मुअब्जा दिन लगाएर छिटै निर्माण सुरु गर्ने महानगरले जनाएको छ ।

सार्क सम्मेलन तथा गत भदौमा सम्पन्न भएको विमस्टेकक शिखर सम्मेलनका बेला तीनकुनेमा यो खुल्ला जग्गालाई सिंगार गर्न लाखौँ रुपैयाँको टिनले उक्त क्षेत्र घेरीएको थियो । तर त्यो टिन अहिले कसले लग्यो पत्तो छैन ।

बिगत केही वर्षयता देखि तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा करोडाैं बराबरको खर्च भैसकेको छ । तर परिणाम भने अझै देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);