बारा, २३ कात्तिक । धार्मिक मान्यता अनुसार प्राचीन काल देखि नैं चल्दै आएको भैयादुज त्योहार शुक्रवार तराई मधेशका दिदी–बहिनीले आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना गर्दै मनाएका छन् । नेपालमा पहाडी समुदायमा मनाइने भाई टिका जस्तै मधेशी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै शुक्रबार यो पर्व मनाएका हुन् ।
तराई मधेशका विभिन्न जिल्लाका गाउँ–शहरमा दिदी–बहिनी तथा दाजुभाईहरुको प्रेम एवंम् स्नेह यथावत राख्नका लागि भगवान गोवद्र्धनको पूजाको भोली पल्ट शुक्रवार विहान बिधिवत पूजा अर्चना गरि त्योहार मनाउँने चलन रहेको छ।
दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको त्योहारमा दिदी–बहिनीहरुले पहिले त भगवान गोवद्र्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दुःख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।
सोहि परम्परालाई कायम राख्दै शुक्रवार बिहान पाँच बजेको समयमा मध्य तराई मधेशको विभिन्न शहर देखि गाउँ–घरमा मधेशी समुदायका महिला तथा युवतीहरुले सामुहिक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान गोवद्र्धनको पूजा–अर्चनासँगै पारम्परिक गीत समेत गाउँने गर्दछन् ।
प्राचीन कालदेखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु भएकोले गीत समेत गाउने गर्दछन् । यो पर्व हिन्दु धर्मवालम्बीहरुको लागी निकै नैं महत्वपुर्ण मानिएको स्थानीयहरुको भनाई छ ।
गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई सारो केराउलाई बजड्ीको रुपमा र मिठाई खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजड्ी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद दिने गर्दछन् ।
यसै धारणालाई रिती–रिवाजको पालना गर्दै बारा लगायत मध्ये तराईका सबै जिल्लाहरुमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजु–भाईलाई आशिसको रुपमा बजडी र लड्डु खुवाएर उनीहरुको लामो दिर्घायूको कामना सहित आशिस दिने चलन छ ।
आजैको दिन पहाडी समुदायमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई टिका लगाएर लामो आयूको आशिर्वाद दिने गर्दछन् । गोबर्धन पूजासँगै शुक्रवार देखि छठ पर्व बिधिवत रुपमा सुरु भएकोले बिहानैं देखी चरा चुरंगीहरुको चुरचुर जस्तै गाउँ–घरमा गीतको गुंजन समेत थालेको छ ।