दुई नम्बर प्रदेशः निर्वाचनका लागि दलहरुको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १० भदौ । राजनीतिक पार्टीहरु दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।

 

राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका हुन् । तयारीस्वरुप दलहरु बैठक र भेलामा व्यस्त भएका छन् । नेपाली काँग्रेसले आज पार्टी मुख्यालयमा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्यको बैठक बोलाएको छ भने नेकपा एमालेले २ नम्बर प्रदेशका जिल्लामा भेलालाई तिब्रता दिएको छ । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राजपा नेपालका जिल्लास्तरीय नेताहरु उम्मेद्वार छान्नतिर जुटेका छन् । विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा आकांक्षी धेरै भएका कारण उम्मेद्वार छान्न निकै सकस पर्ने देखिएको छ । आकांक्षी धेरै भएपनि मापदण्ड तय गरेर उम्मेद्वार छनोट गर्ने नेताहरुले बताएका छन् । आगामी असोज २ गते २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

 

एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुने निर्वाचन अन्र्तगत भदौ २१ गते उम्मेद्वारको मनोनयन गर्ने कार्यक्रम छ । तर दलहरुले अहिलेसम्म उम्मेद्वार तय गरेका छैनन् । उम्मेद्वार तय हुन बाँकि भएपनि दलहरु आफ्नो पक्षमा समर्थन जुटाउन प्रचार प्रसारमा लागेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);