शंखधर शाख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

शंखधर शाख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री

kp oli

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् ।

नेपाल संवतको नयाँ बर्ष ११३९का अवशरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको उल्लेख गरेका छन् ।

शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ । प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् ।

शंखधर शाख्वाःले ११३९ बर्ष अघि ऋणमा बाँधिएका गरिव किसानहरुलाई आफ्नै सम्पती खर्च गरेर ऋणबाट मुक्त गराएका थिए । त्यही बेलादेखि नेपाल संवत सुरु भएको हो ।

शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);