काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन

kaag sammelan

काठमाडौं, १९ कात्तिक । काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गरेका हुन ।

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि ३ सयभन्दा बढि कागहरु रत्नपार्कमा जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन ।

दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेटलगायतका बाजा तथा विभिन्न अन्य चराहरुको पनि आवाज निकाल्ने गर्दछन । तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाईन्छ ।

कागलाई सूचना संवाहकको स्मरण गर्दै काग तिहारको दिन मिठा कानेकुरा खुवाउने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि लिने शास्त्रीय मान्यता रहि आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);