वर्तमान सरकार पाँच वर्ष ढल्दैन : झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

वर्तमान सरकार पाँच वर्ष ढल्दैन : झलनाथ खनाल

काठमाडौं, १८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गरेका छन् ।

वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।

संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

उनले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । उपनेता नेम्वाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);