नेपाली कांग्रेस सर्लाहीद्वारा आफ्ना कार्यकर्ताको हत्यारालाई कारवाहीको माग गर्दै आज सर्लाही वन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

नेपाली कांग्रेस सर्लाहीद्वारा आफ्ना कार्यकर्ताको हत्यारालाई कारवाहीको माग गर्दै आज सर्लाही वन्द

nepali congress

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसले आइतबार सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको बजार बन्द गराएको छ ।

कार्तिक १३ गते रामनगर बहुर्वा ४ मा नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि हत्याको विरोधमा ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई पक्राउ गरेर कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अम्रेशकुमार सिहले जानकारी दिए ।