तालिबानका गडफादर मौलाना समी उल हकको हत्या | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

तालिबानका गडफादर मौलाना समी उल हकको हत्या

maulana sami ul-haq

एजेन्सी , १७ कात्तिक । पाकिस्तानमा जमियत उलेमा–ए–इस्लाम शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ ।

मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए ।

पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसेर आक्रमणकारीहरुले आक्रमण गरेका हुन् । एकदमै प्रभावशाली धर्मगुरु मौलाना समी उल हकको हत्या संवेदनशील समयमा भएको छ । इशनिन्दाको आरोपमा जेलमा रहेकी इसाई युवती आसिया बिबीलाई रिहा गरिएपछि पाकिस्तानमा विभिन्न धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् ।

मौलानाका परिवारका अनुसार उनी पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले रोकेपछि उन घर फर्किएका थिए । मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकमा एक धार्मिक परिवारमा भएको हो ।

ताजा समाचार