चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

chor daka

काठमाडौं, १५ कात्तिक । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको छ ।
चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।

नियन्त्रणपछि यो वर्षको दशैँमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन् । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);