काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय

chor

काठमाडौं, २३ असोज । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रिय छन् ।  पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यकामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।

श्रृङ्खलावद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएका छन् । समाचारमा लेखिएअनुसार, रातीभन्दा दिउँसो बढी चोरी हुँदै आएको छ । चोरी कार्यमा १६ बर्ष मुनिका किशोर किशोरीको संख्या बढ्दै छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);