चीनले साँचो दियो, ब्रुमर अझै आएन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

चीनले साँचो दियो, ब्रुमर अझै आएन

broomer

काठमाडौँ, १३ कात्तिक । बर्खा सकिएसँगै काठमाडौँ उपत्यका धुलाम्य छ ।  तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन ।

छ, त केवल ब्रुमरको साँचो मात्र , चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेको छ । ब्रुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ । यता, महानगरले आफै खरिद गर्न लागेको ब्रुमर पनि आउन बाँकी रहेको छ ।

११ करोड रुपैयाँमा खरिद गर्न लागिएको पाँचवटा ब्रमर आउन अझै चार महिना लाग्ने बताइएको छ । महानगरसँग भएका सानोखालका ब्रमरको ब्रस भाँचिएकाले प्रयोगमा आउन सकेका छैनन् । नयाँ ब्रस भारतबाट मगाउनुपर्ने महानगरले जनाएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);