गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग

rambahadur thapa

काठमाडौं, ९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । कांग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्या जस्तो जघन्य अपराध गर्नेलाई कार्वाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने बताए ।

नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराए । उनले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको आरोप लगाए । कांग्रेस नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);