निर्मलाको हत्यारालाई कारवाही गर्न परिवारको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

निर्मलाको हत्यारालाई कारवाही गर्न परिवारको माग

nirmala pariwar

काठमाडौं, ९ कात्तिक । निर्मला पन्तको हत्या प्रकरणमा लापरवाही गरेको भन्दै सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई विहीवार वर्खास्त गरेको छ । तर, निर्मला पन्तको वुवा आमाले प्रहरी अधिकारीलाई मात्र कारवाही गरेर नहुने भन्दै हत्यारालाई कारवाही गर्न सरकारसंग पुनः माग गरेका छन् ।

निर्मला पन्तका वुवा–आमाले सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई कारबाही गरेर मात्र नहुने बताएका छन् । उनीहरुले आफुहरुको माग प्रहरीलाई कारबाही भन्दा पनि घट्नाका मुख्य दोषीलाई कारबाही गर्नू रहेको बताएका छन् ।

गृहमन्त्रालयले विहीवार नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई वर्खास्त गरेको थियो । उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । तर, यतिले मात्र नपुग्ने र स्वयं गृहमन्त्री रामबहादुर थापाले जनाएको प्रतिवद्धता समेत कार्यन्वयन नभएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।

सरकारले कंचनपुर घट्नाका विषयमा दुई जना सरकारी अधिकारीलाई बर्खास्त गरेर पीडितलाई केही हदसम्म न्यायको सन्देश दिएको छ । तर, यो पुर्ण नभएको कञ्चनपुरवासीले समेत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);