निलम्बनमा परेका एसपी विष्टले स्पष्टीकरण बुझाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निलम्बनमा परेका एसपी विष्टले स्पष्टीकरण बुझाए

काठमाडौं, ७ कात्तिक । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमा पठाएको बताएका छन् ।

स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् । १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी उनीसँग स्पष्टीकरण सोधेको थियो ।

छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए दुवै जनालाई पदबाट बर्खास्त गर्ने गृहको तयारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);