मदन विक,
बाजुरा, ९ कात्तिक । दशै बिदा सकिएको ६ दिन भईसक्दा पनि बाजुरा जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा अझै कर्मचारी आईपुगेका छैनन् ।
जिल्लाका अति महत्वपूर्ण कार्यालहरुमा कर्मचारी नआउँदा सेवा समेत प्रभावित भईरहेको छ । बाजुरा जिल्लाका अधिकाश सरकारी कार्यालयहरुमा दशैं विदा सकिएपनि कार्यालयमा कर्मचारी आएका छैनन । जिल्लामा अधिकाशं तहका कार्यालयमा तल्लो तहका कर्मचारी र स्थानीय कर्मचारीले काम गरिहेका छन् । जिल्लाका धेरैजसो कार्यालय प्रमुखको सरुवा भएका कारण उपस्थित नभएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले बताए ।
बाजुरा जिल्ला स्थित सरकारी कार्यालय मात्र हैन, अहिले स्थानीय तहका कर्मचारी समेत आएका छ्रैनन । जिल्लाका ४ नगरपालिका र ५ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तहहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पनि आएका छैनन् । जसका कारण स्थानीय तहका कामकाज पनि प्रभावित भएको जनप्रतिनिधिहरुले बताएका छन् ।
प्रकाश रावल वडा अध्यक्ष बडीमालिका नगरपालिका वडा नं. ८ बाजुरा
दशै विदा सकिएको एक हप्ता पुरा भईसक्दा पनि सरकारी निकायका कर्मचारी नआउँदा सयौं सेवाग्राहीहरु दैनिकजसो मारमा पर्ने गरेका छन् । उनीहरुले आफ्ना सेवाहरु समयमै गर्न माग गरेका छन् ।