सिक्किमे महोत्सवमा नेपथ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सिक्किमे महोत्सवमा नेपथ्य

sikkime mahostsab

काठमाडौँ, ९ कात्तिक । केही दिनअघि स्वयम्भूमा गुन्जेको लोकरक ब्यान्ड नेपथ्य अब भारतको सिक्किममा सुनिने भएको छ ।
आफ्ना पुराना प्रशंसकहरूको क्षेत्र सिक्किमको राबाङमा ब्यान्डले मंगलबार नेपाली लोकरक घन्काउँदै छ  । राबाङ टुरिज्म फेस्टिभलका अवसरमा नेपथ्यले प्रस्तुति दिन लागेको हो ।
केही साताअघि मात्रै पहिलो विमानस्थल सञ्चालनमा आएपछि सिक्किम यति बेला भारत र छेउछाउका गन्तव्य पर्यटकहरूको केन्द्र बन्दै गएको छ । संयोगले उक्त विमानस्थल बनाउने चरणमै पाक्योङले केही वर्षअघि नेपथ्यलाई निम्त्याएको थियो ।
सिक्किमको पाक्योङस्थित सेन्ट जेभियर्स स्कुलको विशाल मैदानमा त्यति बेला प्रस्तुत हुँदै गर्दा नेपथ्यका अगुवा अमृत गुरुङले त्यस राज्यको थप समृद्धि र विकास अब निकै नजिक आइपुगेको भन्दै सयौं दर्शकश्रोतालाई बधाई तथा शुभकामना दिएका थिए ।
‘सिक्किमका डाँडाकाँडामा नेपथ्यको संगीत गुन्जँदै आएको छ । नेपथ्यको संगीत यहाँका युवा र प्रौढ सबै पिँढीमाझ लोकप्रिय छ,’ राबाङ पर्यटन महोत्सवका अध्यक्ष जिग्मे वाङचुक भुटियाले विज्ञप्तिमा भनेका छन्, ‘रेडियो र टीभीमा सुन्दै हेर्दै आएको लोकप्रिय ब्यान्डलाई राबाङमा प्रत्यक्ष हेर्न सुन्न हामी आतुर छौँ ।’
सिक्किम कन्सर्टमा अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);