काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी अहिले अनौठो उल्झनमा देखिएको छ । नेकपाको स्थायी कमिटी बैठक बस्न हम्मे हम्मे परेको छ । पोलिटव्यूरो र केन्द्रिय समितिको बैठक त उसले लगभग बिर्सिएको जस्तो देखिन थालिएको छ । सचिवालय बैठकबाट नै नेकपाले सारा कुराहरुको समाधान गर्ने कोशिश गरिरहेको छ । नेकपाको सचिवालय बैठकले नै माधव नेपालको असंतुष्टिको सम्बोधन गरेको छ र रामवीर मानन्धरले दिएको राजिनामा पनि अस्वीकृत गरेको छ । सामुहिक एकता र छलफलमा विश्वास राख्ने नेकपामा बैठककै लागि यति धेरै कठिनाई किन बनिरहेको छ ? सरकारले आफ्नो लक्ष्य प्राप्त गर्न सकेन र अलमलमा पर्यो भनेर टिप्पणी भईरहदा, सरकारले यसको उचित जवाफ किन दिन सकिरहेको छैन ? के कारणले नेकपा र उसको नेतृत्वमा बनेको सरकार यति धेरै अलमलमा परिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् :
अग्नि सापकोटाको प्रश्न : निर्मलाको हत्यारा को हो प्रधानमन्त्रीज्यू ? (भिडियो सहित)
ताजा समाचार
आजको राशिफल(०५ पौष २०८१ शुक्रवार)
३ घन्टा अघि
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
२० घन्टा अघि