बारा, ४ कात्तिक । बारामा एक बाबुले दुई नावालक छोराको हत्या गरी आँफुले पनि आत्महत्या गरेका छन् ।
जीतपुरसिमरा उप–महानगरपालिका ४ औराहा बस्ने ३२ बर्षिय सुरेन्द्र रामले आफ्ना दुइ छोरा पाँच वर्षिय सुविन राम र तीन वर्षिय विपिन रामको घाँटीमा डोरी कसेर हत्या गरेका छन् । नाबालक दुइ छोराको हत्या पछि घरको दलिनमा पाँसो लगाई आफुले पनि आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
सुरेन्द्र राम अत्याधिक मदिरा सेवन गरेर घरमा अशान्ति मच्चाए पछि उनकी श्रीमतीले करिब चार महिना अघि धर छाडेर माइत गएकी थिइन् ।