काठमाडौं, ३ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले सरकारले जनभावना अनुरुप काम गर्न नसकेको बताएका छन् ।
शनिबार माउन्टेन टेलिभिजनसंग कुराकानी गर्दै बरिष्ठ नेता नेपालले सरकारले जनतालाई चित्त बुझने किसिमले काम गर्न नसकेको आरोप लगाए । नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको सिद्धान्त बिपरित कार्य गरेकाले आफुले असन्तुष्टि पोखेको नेता नेपालको भनाइ छ ।
बरिष्ठ नेता नेपालले सरकारले भष्टाचारीलाई दण्डित गर्नुको सट्टा झन पुरस्कृत गरेको भन्दै आपत्ति जनाए । बरिष्ठ नेता नेपालले बिपक्षी दलले सरकारलाई गरेको आलोचनालाई सकारात्मक रुपमा लिंदै सरकारले जनतासंग गरेको वाचा अनुसार काम गर्न सुझाव दिए ।