दसैंमा सुनसान बनेको काठमाडौंमा बिस्तारै चहलपहल बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दसैंमा सुनसान बनेको काठमाडौंमा बिस्तारै चहलपहल बढ्दै

काठमाडौं, ३ कात्तिक । दसैं मनाउनका लागि करिब २६ लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् । जसले गर्दा केही दिन काठमाडौं सुनसान बनेको थियो । दसैंको समयमा काठमाडौंमै रहेका मानिसहरुसमेत घरभित्रै सिमित भएर परीवारसँग रमाइलो गर्दा काठमाडौंमा चहलपहल शून्य जस्तै बनेको थियो । तर, दसैंको टिका लगाइसकेपछी शनिबारबाट भने काठमाडौंमा फेरी चहलपहल सुरु भएको छ ।

सप्तमी, अष्टमी र नवमीका दिन सुनसान भएका सुनसान बनेको काठमाडौंको सडकमा टिकाको दिनबाट निजी सवारी चहलपहल सुरु भएको थियो । यी तीन दिनमा न सडकमा मानिसहरुको संख्या नैं उल्लेख्य थियो नत सवारी साधनको नै चाप देखिएको थियो ।

निकै कोलाहल सहितको जाम हुने काठमाडाैंका मुख्य चोकहरुमा सवारी साधन कममात्र गुड्दा काठमाडौंमा बस्ने मानिसहरुको यात्रा सहज बनेको थियो । शुक्रबार दशैंको टिकाको दिन पनि बाटोमा निजी गाडी र पैदलयात्रीहरु मात्र देखिएका थिए ।

टिकाको लागि गन्तव्यमा पुग्नेहरुले ट्याक्सिको प्रयोग गर्दा यात्रुहरुले चर्को भाडा तिर्नुपरेको गुनासो गरे । तर, शनिबारबाट भने फेरी काठमाडाैंमा चहलपहल सुरु हुन थालेको छ ।

दसैं मनाउनका लागि पसल, व्यवसाय बन्द गरी बसेका व्यक्तिहरु पनि आफ्नो नियमित कामका फर्किन थालेका छन् । टिका लगाउन आफन्तकोमा जानेहरुको पनि चहलपहल देखिएको छ ।

यस अघिका दुइ तीन दिन केहिमात्र निजी सवारी साधन चलेका थिए भने शनिबारबाट सर्वजनिक सवारीका साधन पनि चल्न थालेका छन् ।

काठमाडाैं भित्रने र बाहिरीनेको भीडभाडले भरिने कलंकी केहिदिनका लागि सुनसान बनेपनि फेरी व्यस्त देखिन थालेको छ । कोलाहलको सहरजस्तै बनेको काठमाडौं तीन दिनकै लागि भएपनि शान्त बनेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);