काठमाडौं, २९ असोज । युएफा नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा ईटाली विजयी भएको छ ।
नेसन्स लिग ए अन्तर्गत समूह ३ को खेलमा ईटालीले पोल्यान्डलाई १–० ले हरायो ।खेलमा ईटालीलाई विजयी गराउन क्रिश्चियानो बिरागीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।
यस्तै नेसन्स लिग बी को खेलमा रुसले टर्कीलाई २–० ले हराउँदा नेसन्स लिग सी का खेलमा ईजरायलले अल्बानियालाई २–० ले तथा मोन्टेनेग्रोले लिथुआनियालाई ४–० ले हराएको छ ।