टि–२० विश्वकप छनोट : सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य, सन्दिपकाे किर्तीमान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

टि–२० विश्वकप छनोट : सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य, सन्दिपकाे किर्तीमान

nepal vs china icc chanot

काठमाडौं, २६ असोज । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को अन्तिम खेलमा सिंगापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो ।  नेपालकालागि सन्दीप लामिछानेले मात्र ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिदा बसन्त रेग्मी र ललित नारायण राजवंशीे समान १ विकेट लिए ।

४ विकेट लिएका सन्दीपले नयाँ कीर्तिमान बनाएका छन् । उनले एकै प्रतियोगितामा २४ विकेट लिने पहिलो नेपाली बलर बनेका हुन् । यस अघि विनोद दास र बसन्त रेग्मीको नाममा समान २१ विकेट रहेको थियो ।

अहिले नेपाल जवाफी ब्याटिङ गर्दै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);