दसैं नजिकिँदै गर्दा सार्वजनिक सवारी साधनमा भिडभाड | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

दसैं नजिकिँदै गर्दा सार्वजनिक सवारी साधनमा भिडभाड

Old-Buspark

नरेन्द्र खनाल

काठमाडौं, २५ असोज । दसैं नजिकिँदै गर्दा यात्रुहरुको चाँप बढेसंगै सार्वजनिक सवारी साधनहरुमा भिडभाड देखिन थालेको छ । तर कैयन सार्वजनिक सवारी साधनहरुको सिट अत्यन्तै फोहोर भएकाले यात्रुहरुले बारम्बार हैरानि खेपिरहन बाध्य छन् ।

फोहोर र दुर्गन्धीत सिटमा बसेर यात्रा गर्दा बिभिन्न खतरनाक सरुवा रोगहरु लाग्न सक्ने भन्दै यात्रुहरु एकदमै सजग हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

उता ट्राफिक महानगरिय प्रहरी महाशाखाले भने आफुहरुले सम्पुर्ण सार्बजनिक सवारि साधनहरुको सिट एवं सरसफाईको समेत अनुगमन गर्ने जनाउँदै यसमा सम्पुर्ण यात्रुहरुको सहयोगको समेत अपेक्षा गरेको बताएको छ ।

पैसा तिरेपछि सफा सिटमा बसेर यात्रा गर्न पाउनु यात्रुहरुको अधिकार भएको उल्लेख गर्दै सार्वजनिक सवारी साधनका सिट फोहोर र दुर्गन्धीत भएको पाईएमा तल्काल कारबाही गरिने ट्र«ाफिक महानगरिय प्रहरि महाशाखा काठमाडौंले जनाएको छ।

कैयन सार्वजनिक सवारी साधनहरुले फोहोर सिटमा यात्रुलाई ओसार पसार गरेको गुनासो आएपछि यातायात व्यवस्था विभागले सम्पुर्ण सार्र्वजनिक सवारि धनीहरुलाई आफ्ना गाडिहरुको सिट सफा र स्वच्छ राखेर मात्र यात्रुहरुलाई सेवा दिन आग्रह गरेको छ।

धेरैजसो सार्वजनिक सवारी साधनहरुले यात्रुको स्वास्थ्यसंग खेलबाड गरि फोहोर र दुर्गन्धीत सिटमा यात्रा गराउँदा जनस्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भन्दै विभागले त्यसो नर्गन आग्रह गरेको छ ।

सरकारले तोेकेको निश्चित भाडा तिर्दा पनि दुर्गन्धीत र फोहोर सिटमा बसेर यात्रा गर्नु पर्दा बिभिन्न संक्रमक रोगको सिकार हुनु पर्ने भनी सर्बसाधारणहरुले चिन्ना व्यक्त गरिरहँदा समेत नियमनकारी निकाय प्रभावकारी रुपमा परिचालन हुन सकेको देखिँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);