रुपन्देही, २५ असोज । प्रहरीले रुपन्देहीको चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेको अभियोगमा दुइ युवालाई पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा रुपन्देही प्रहरीले देवदह नगरपालिका–१० का ३५ बर्षीय उदय थापा र बुटवल उपमहानगरपालिक–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको हो ।
उनीहरुले रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका करीब ८ बजे जंगलमा लगेर सामुहिक बलात्कार गरेको पीडित किशोरीको आरोप छ ।
प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण समेत संकलन गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।