यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोलीबाट काम शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोलीबाट काम शुरु

bus yatru

काठमाडौं, २५ असोज । यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोली बुधबार देखि खटिएको छ ।

यसरी खटिएको टोलीले खासै उपलब्धिमूलक काम गर्न भने सकेको छैन । दुःख पाउनेहरुले दुःख पाएकै छन् । महानगरीय प्रहरी विभाग बसपार्कका प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहनकुमार केसीले भने प्रहरी टोलीले यात्रुहरुका गुनासा सम्वोधन गरिरहेको बताउनु भएको छ ।चोरी, पाकेटमार नहोस् भनेर बसपार्क क्षेत्रमा कडा निगरानी गरिएको छ । नागरिक सहायता कक्षमा दैनिक एक हजार जनासम्म आउने गरेको र विगतमा जस्तो यस वर्ष घटनाहरु नघटेको प्रहरी निरीक्षक केसीको भनाई छ । अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन ।

त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीहरुले जनाएका छन् ।दशैं नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको गुनासो पनि यात्रुको पाइएको छ । टिकट काउन्टरमा बस्दै आएका कर्मचारीले आफन्तलाई फोनको भरमा टिकट दिने गरेका छन् । काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज रुपमा टिकट नपाउदा रित्तो हात फर्कनु परेको यात्रुहरुको भनाइ छ ।

ताजा समाचार