नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने

trump n kim

एजेन्सी, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमजोङ ऊन सँग दोस्रो पटकको वार्ताका लागि सहमति जनाएका छन् । आगामी ६ नोभेम्बरमा हुने अमेरिकी चुनाव पछि उत्तरकोरिया सँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् ।

अमेरिकाको आर्थिक प्रतिवन्ध झेल्दै आएको उत्तरकोरियाले अमेरिकी राष्ट्रपतिसँग दोस्रा ेवार्ता गरेर सो प्रतिवन्ध फुकाउन खोजेको छ । उत्तरकोरियाका शासक किमजोङ ऊनले अमेरिकासँग छिटै दोस्रो वार्ता गर्न इच्छुक रहेको बेला राष्ट्रपति ट्रम्पले अमेरिकामा ६ नोभेम्बरमा हुने निर्वाचनपछि भेटवार्ता गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प र उत्तरकोरियाका शासक किमबीच गत जुन १२ तारिकमा सिङगापुरमा प्रथम पटक ऐतिहासिक वार्ता भएको थियो । सो वार्ता पछि दुवै देशबचिको तिक्ततामा कमि आएको छ ।

तर उत्तरकोरिया विरुद्ध आर्थिक नाकाबन्दि भने जारी नै छ । यो बिचमा दुबै देशको उच्च स्तरिय प्रतिनिधि मण्डलले एकअर्काको देशमा भ्रमण गरेर चिसिएको सम्बन्ध सुधारमा प्रयास गरेका छन् ।

भिडियो हेर्नुहोस्:

उत्तरकोरियाले अमेरिकासँग मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको परिक्षण कार्यक्रम स्थगित गरेको छ । उत्तरकोरियाले परमाणु परिक्षण स्थल र मिसाइल इन्जिन टेष्ट गर्ने क्षेत्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई देखाउन सहमति जनाइ सकेको छ ।

राष्ट्रपति ट्रम्पले पनि उत्तरकोरियासँगको सम्बन्धमा सुधार भैरहेको कुरा वासिङटनमा संचारकर्मी समक्ष बताउँदै आर्थिक प्रतिबन्ध हटाउन केहि गर्नु पर्ने खाँचो औल्याएका छन् ।

यता संयुक्तराष्ट्र विश्व खाद्य कार्यक्रमले उत्तरकोरियामा खाद्ययन्नको कमि रहेको जनाउँदै १ करोड भन्दा बढि उत्तरकोरियाली जनतामध्ये ४० प्रतिशत जनतालाई मानविय सहायताको खाँचो रहेको जनाएको छ ।

साथै उत्तरकोरियामा प्रत्येक ५ बालबालिकामा १ जना कुपोषणको सिकार रहेको बताइएको छ । यस्तो बेला अमेरिकी नाकाबन्दिले थप जटिलता पैदा गरेकोले त्यस्को अन्त्यका लागि उत्तरकोरिया प्रयत्नसिल रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);