रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

एजेन्सी, १९ असोज । अमेरिकी असन्तुष्टि र धम्कीकाबीच भारत रुससंग एसफोर हण्ड्रेड डिफेन्स मिसाइल प्रणाली खरिद गर्न सहमत भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिने भारत भ्रमणको बेला शुक्रबार सो सहमति भएको हो।

नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि मिसाइल प्रणाली खरिद सहमति पत्रमा हस्ताक्षर भयो ।

दुबै देशबीच बिभिन्न आठ सहयोगका निम्ति सम्झौताको दस्ताबेज आदानप्रदान समेत भएको छ । रुसका राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री मोदिले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एक अर्काको आवश्यकताकोबारे प्रकाश पारेका थिए ।

सम्झौताको महत्वपूर्ण पक्ष एयर डिफेन्स प्रणाली हो । करिब ४ हजार किलोमिटर लामो चीन– भारत सीमा रक्षाको लागि भारतले लामो दुरीको मिसाइल प्रणाली खरीद गर्न सहमति जनाएको हो ।

भिडियो हेर्नुस्:

यो मिसाइल प्रणाली जमिनबाट हावामा मार हान्ने संसारका खतरनाक हतियार मध्ये एक हो । साथै मिसाइलमा सिस्टम एयर क्रापm्ट, क्रुज मिसाइल र प्रमाणु मिसाइललाई ४सय किलोमिटर टाढैबाट नष्ट गर्ने क्षमता राख्दछ ।

एस–फोर हण्ड्रेड मिसाइलमा मिसाइल लन्चर, शक्तिशाली रडार र कमाण्ड सेन्टर जडान गरिएको छ । रडारले ६सय किलोमिटर टाढाको लक्ष्य हेर्न सक्ने बताइएको छ ।

यो मिसाइलको तुलना अमेरिकाको प्याट्रिआट एन्टी ब्यालेष्टिक मिसाइल र एण्टी एयर क्राफ्ट मिसाइल प्रणालीसंग गर्न सकिने रक्षा विशेषज्ञहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);