एजेन्सी, १४ भदौ । भारतले रुससंग हतियार खरिद गरेमा अमेरिकाले भारतलाई दिँदै आएको विशेष छुुट नदिने पेन्टागनका एक उच्च अधिकारीले जानकारी दिएका छन् । यस अघि भारतले रुससंग हतियार खरिद गर्दै आएको छ । अब भारतलाई रुससंग हतियार खरिद नगर्न केही समय यता अमेरिकाले दवाव दिदै आएको छ ।
भारत र अमेरिकावीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपछि सुधार हुँदै गएको बेला अमेरिकाले रुससंग हतियार खरिद नगर्न दवाव दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक उच्च अधिकारीले भारतलाई रुससंग हतियार खरिद नगर्न स्मरण गराउँदै रुस संग हतियार खरिद गरेमा अमेरिकाले भारतलाई दिने विशेष छुट नदिने स्पष्ट गरेको छ ।
अमेरिकाले भारत माथि दबाव दिन यस प्रकारको सन्देश प्रवाह गर्दै मोदी नेतृत्वको सरकारले रुससंग हतियार खरिद नगरोस् भन्ने चाहेको छ । भारत रुससंग सतहबाट लामो दुुरी मार हान्ने मिसाइल प्रणाली एस फोर हण्ड्रेड सहित अन्य हतियार खरिद गर्न लागेको छ ।
भिडियो हेर्नुहोस्:
रुस भारतको पुरानो मित्र र सहयोगी राष्ट हो । पूूर्व प्रधानमन्त्री स्वर्गिय इन्दिरा गान्धीको समय देखि नै रुसले भातरसंग गहिरो मित्रता कायम राख्दै आएको छ । यति मात्र नभइ रुस सँगको सम्बन्धले भारतको रक्षा प्रणाली समेत सुुदृढ हुँदै आएको छ ।
अमेरिकी नियम अनुसार रुससंग रक्षा सम्बन्ध र हतियार खरिद गर्नेलाई अमेरिकी प्रतिबन्धको सामना गर्नु पर्ने हुन्छ । तर, अमेरिकी संसदले अमेरिकी राष्ट्रपति र विदेश मन्त्रीलाई रुससंग सम्बन्ध राख्ने सहयोगी देशलाई प्रतिबन्धबाट छुट दिन सक्ने अधिकार प्रदान गरेको छ ।
यस्तोमा पेन्टागनले भारतलाई रुससंग हतियार खरिद नगर्न दिएको दबाव प्रति भारतीय रक्षा विशेषज्ञहरुले आश्चर्य प्रकट गरेका छन् ।




