काठमाडौं, ९ भदौ । ललितपुरमा जारी साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत आज दुई सेमिफाइनल खेल हुने भएका छन्। दुवै सेमिफाइनल खेल एउटै समय दिउँसो ३ बजे सुरु हुनेछन्।
आज घरेलु टोली नेपाल यू-१५ ले बंगलादेश यू-१५ सँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ भने भारत यू-१५ र भुटान यू-१५ बीचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा हुनेछ।
बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने भारत समूह बी को विजेता तथा भुटान समूह ए को उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।




