युरोपा लिगः एभर्टन समुह चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, ८ भदौ । इङ्लिस फुटबल क्लव एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा प्रवेश गरेको छ ।

 

छनोट चरणको अन्तिम खेलमा क्रोएसियाको हाज्दुक स्प्लिटलाई पाखा लगाउँदै एभर्टनले समूह चरणमा ठाउँ बनाएको हो । गएराति हाज्दुक विरुद्ध भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिएसँगै एभर्टनले समूह चरणमा ठाउँ बनाएको हो । एभर्टनले पहिलो लेग २–० गोल अन्तरले जितेको थियो । दोस्रो लेगमा हाज्दुकलाई रादोसेभिचले अग्रता दिलाएकामा एभर्टनका नयाँ खेलाडी जिल्फी सिगुर्डसनले बराबरी गोल फर्काएका थिए ।

युरोपा लिग छनोट चरणका अन्य खेलमा नर्वेको रोजेनवर्ग, युक्रेनको डाईनामो किभ, रोमानियाको बाते बोरीसोभ र रुसको जेनिथ आ आफ्नो खेलमा विजयी हुँदै समुह चरणमा पुगेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);