विराटनगर, १६ असोज । विराटनगर महानगरपालीकाले सडक सफाईका लागि मेसिन भित्र्याएको छ । महानगरपालिकाले शहरमा विकाश निर्माणको काम धमाधम भईरहेकाले सडक सफा राख्नका लागि मेशिन ल्याएको हो।
करीब ५० लाख लगानीमा ल्याइएको उक्त मेसिनले बिराटनगर महानगरपालीका भित्रका सडकहरुमा सफाई गर्ने जनाएको छ । पछिल्लो समयमा विराटनगरमा पनि धुलोले सर्वसाधरणको जनजिवनमा प्रत्यक्ष असर परिरहेको छ ।