काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी अहिले बहसबाट विवादको उत्कर्षमा पुगेको छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम गर्ने ढंग र प्रधानमन्त्रीको कार्यशैली अनि पार्टी संचालनको तरिकाको बारेमा संसदमै प्रस्न उठाएको र त्यसको भोलिपल्ट आफु निकटका सदस्यहरुलाई एक ठाउँमा भेला गरेर लिखित रुपमै आफ्नो असहमति दर्ज गर्न खोजेपछि, यो विषय चर्चाको विषय बनेको छ । नेता नेपालले आफ्नो भनाई लिखित रुपमै सार्बजनिक गरे पछि उनि सुटुक्क चीन प्रस्थान गरे । नेकपाका एक अध्यक्ष, पुष्पकमल दाहाल पनि भारत र चीन भ्रमणपछि अहिले सिंगापुरको भ्रमणमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको भ्रमण पछि कोस्टारिकाको भ्रमणमा व्यस्त छन् । नेकपाका यी तिनै नेता संगसंगै जस्तो नेपाल फर्किने कार्यतालिका रहेको छ । त्यसपछि नेपालको राजनीतिले कस्तो खालको मोड लिन्छ ? नेकपा भित्रको बहस र विवादले कस्तो स्थान पाउनेछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण सुवेदीसँग गरेको कुराकानी हेर्नुहोस् :